Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – गएको साउनदेखि फागुनसम्म विदेश काम गर्न जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अविधमा पहिलोपटक विदेश जानेहरुको संख्या ३८प्रतिशतले घटेको हो ।

नेपालीका लागि आकर्षक मानिएका अधिकांस गन्तव्यमा नेपालीको संख्या घटेको छ।तथ्यांकअनुसार कतार,साउदी अरब, बहराइन,मलेसिया, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ । यो वर्ष फागुनसम्म १ लाख ५२ हजार १९ जना श्रम स्वीकृति लिएर विदेशीएका छन् ।  अघिल्लो वर्ष यही अवधिमा २ लाख ४६ हजार ३२४ गएका थिए ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्ष यही अवधिमा ५.४ प्रतिशतले घटेको थियो । काम गर्न जाने नेपालीको संख्या घटेपनि उनीहरुले कमाएर नेपाल पठाउने रेमिट्यान्स भने बढेको छ। यो अवधिमा रेमिट्यान्स ५ खर्ब ८२ अर्ब १९ करोड आएको छ । यो अघिल्लो वर्षको तुलनामा २३.४ प्रतिशतले बढी हो ।

तपाईको प्रतिक्रिया