Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ । ल्यान्सेट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप बढ्न सक्छ र त्यसले मस्तिष्काघात हुने सम्भावना बढाउँछ ।

सो अध्ययनका लागि पाँच लाख चिनियाँहरूलाई १० वर्षसम्म नियालिएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार उक्त निष्कर्ष विश्वका सबै खाले मानिसहरूका लागि उपयुक्त छ । बीबीसीले उल्लेख गरेअनुसार मदिराले मानिसमा कस्तो असर पार्छ भन्नेबारे यो निष्कर्ष सबैभन्दा राम्रो प्रमाण भएको उनीहरूले बताएका छन् । अत्यधिक मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको र त्यसले मस्तिष्काघातको सम्भावना बढाउने कुरामा विवाद थिएन ।

तर अन्य केही अध्ययनले भने कम मात्रामा नियमित मदिरा सेवन गर्नु शरीरका लागी राम्रो हुने निष्कर्ष निकालेका थिए । त्यस्तै अन्य केही अध्ययनले भने कति सेवन गर्नु उचित हुन्छ नसकिने देखाएका थिए ।अध्ययनको परिणाम
अक्स्फर्ड विश्वविद्यालय, पेकिङ विश्वविद्यालय र चाइनिज अक्याडमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले के पत्ता लगाए भने:-
-प्रत्येक दिन (१४ ग्राम शुद्ध एल्कहल सेवन हुनेगरी) एउटा मदिरा सेवन गर्दा मस्तिष्काघातको सम्भावना १० देखि १५ प्रतिशतले बढ्छ
-दिनमा चारवटासम्म मदिरा सेवन गर्ने मानिसमा मस्तिष्काघातको सम्भावना ३५ प्रतिशत बढी हुन्छ

अध्ययनका लागि मदिरालाई यसरी वर्गीकरण गरिएको छ
-सानो गिलासमा वाइन
-एक बोतल बियर वा एक पेग स्पिरिट

ब्रिटेनमा प्रत्येक एक सयमा १६ पुरुष र २० महिलालाई उनीहरूको जीवनकालमा एक पटक मस्तिष्काघात हुन्छ । मदिरा सेवन नगर्ने एक सय जना मानिसले दिनको एक वा दुई गिलास सेवन गर्ने हो भने थप दुई पटक मस्तिष्काघात हुन सक्ने सम्भावना रहन्छ । हल्का वा मध्यम मात्रामा मदिरा सेवन गर्दा मस्तिष्काघात हुनबाट जोगाउन सक्ने कुनै पनि तथ्य फेला नपरेको यो अध्ययनले देखाउँछ ।किन गरियो चीनमा अध्ययन ?
मदिराको प्रभावबारे अध्ययन गर्न पूर्वी एशियाली मुलुक उपयुक्त मानिन्छ । चिनियाँ मूलका मानिसहरूमा आनुवंशिक कारणले मदिराले बेफाइदा गर्छ । मदिरा सेवन गर्दा शरीरमा हुने प्रतिक्रियाले उनीहरू अस्वस्थ हुन्छन् ।

त्यसैले चीनमा मदिरा सेवनको अनुपातमा ठूलो अन्तर छ । प्रत्येक तीन पुरुषमा एक जनाले मदिरा सेवन गर्दैनन् भने सेवन गर्ने महिलाको सङ्ख्या पनि निकै कम छ । मदिरा सेवन गर्ने र नगर्नेहरूको स्वास्थ्य अवस्था र आनुवंशिक संरचनाको तुलना गर्दा मस्तिष्काघात हुनमा मदिराको भूमिकाको मूल्याङ्कन गर्न सकिने वैज्ञानिकरू बताउँछन् ।

यसको अर्थ के हो?
अनुसन्धानकर्ताहरूका अनुसार उक्त अध्ययनको मुख्य सन्देश भनेको ठिक्क परिमाणमा मदिरा सेवन गर्दैमा मस्तिष्काघातको सम्भावना घट्दैन भन्ने हो । अर्थात् प्रत्येक दिन कम मात्रामै मदिरा सेवन गर्दा पनि मस्तिष्काघात हुने सम्भावना बढ्छ ।

यसको प्रतिविम्ब ब्रिटेनले प्रकाशित गरेको मदिरासम्बन्धी निर्देशनमा पनि देख्न सकिन्छ । त्यसमा एक हप्तामा १४ वटा भन्दा बढी मदिरा सेवन नगर्न सल्लाह दिइएको छ । स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न उक्त निर्देशनमा बेलाबेलामा मदिरा सेवन नगर्न पनि भनिएको छ ।

तपाईको प्रतिक्रिया