Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं –  वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोविन्द केसी बारा र पर्सा हावाहुरी प्रभावित क्षेत्रमा औषधि सहित पुगेका छन् । डा. केसी औषधिसहित सोमबार नै बारा पुगेर हावाहुरी प्रभावित ठाउँमा पुगेर घाइते बिरामीहरूको उपचार गरिरहेका बताइएको छ ।

डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । पेशाले हाडजोर्नी विशेषज्ञसमेत रहेका डा. केसीले केही औषधिसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार गरिरहेको उनका सहयोगीहरूले बताएका छन् । आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा २७ जनाको मृत्यु भएको छ ।

घटनामा परी बारा र पर्साका एक हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । त्यस्तै काठमाडौंको शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया