Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ। यससँगै अर्थतन्त्रमा उनीहरूको हिस्सेदारी पनि वृद्धि भइरहेको छ ।

नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन्।

नेपालीहरूको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ। नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो।

नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन्।

केन्द्रीय बैंकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ।

गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ।

यो कुल रेमिट्यान्सको झन्डै ३३‍‍‍.४ प्रतिशत हुन आउँछ। पछिल्लो ६ महिनामा नेपालमा कुल ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यसमा करिब ३० प्रतिशत योगदान शैक्षिक भिसामा गएकाहरूको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाको अनुमान छ।

तपाईको प्रतिक्रिया