Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ ।

ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो ।’ विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ । र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो- चुरोटलाई पूर्णरूपमा त्याग्नु ।

सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन । यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर हो । बीबीसीले उल्लेख गरेअनुसार उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरमा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ । अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्- यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ ।रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ । उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन् ।

त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए । स्तन क्यान्सरको अनुसन्धान गर्ने डा. मिनौक सोमेकरले भने, ‘अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन ।’

द इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा. सोमेकर भन्छन्, ‘क्यान्सरको खतराको तस्बिर धेरै नै जटिल छ । त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन् ।’उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ । अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ।  तर अन्य खाले रोगबारे चर्चा छैन । चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ ।

उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्यान्सरका अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन । उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्छ ।

नटिङ्गम विश्वविद्यालयका प्राध्यापक जन ब्रिटन भन्छन्, ‘मलाई लाग्छ मान्छेहरू खतराको तुलना गरेर चुरोट वा रक्सीको चयन गर्छन् ।’ उनी यूके सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक हुन् । उनी भन्छन्, ‘यो अध्ययनका अनुसार चुरोट पिउनु रक्सीका तुलनामा बढी खतरनाक छ । अन्य रोगको कुरा गर्ने हो भने त चुरोट रक्सीभन्दा धेरै नै खतरनाक छ । यदि चुरोट पिउनेहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् भने उनीहरुका लागि सबैभन्दा राम्रो भनेकै चुरोट पिउन छाड्नु हो ।’ उनी रक्सी पिउनेहरूलाई सरकारी निर्देशिका अनुसारकै मात्रामा रक्सी पिउन सुझाव दिन्छन् ।

तपाईको प्रतिक्रिया