Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गत मंसिरदेखि ओरालो लागेको उपत्यकाको घरजग्गा कारोबार फागुनमा उकालो लागेको छ। मंसिर, पुस र माघ महिना घरजग्गाको सर्वाधिक कारोबार हुने महिना भए पनि विगत तीन महिनादेखि घरजग्गा कारोबार स्थिर देखिएको थियो।

पछिल्लो समयमा काठमाडौंमा टुक्रा जग्गाको कारोबार राम्रो भएको छ। तीन महिनादेखि स्थिर देखिएको कारोबार फागुन लागेपछि भने एकाएक उकालो लागेको हो। मंसिरमा ७९ करोड रुपैयाँ राजस्व संकलन गरेका उपत्यकाका मालपोत कार्यालयले पुस र माघमा समान ७२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेका थिए।

फागुनमा भने उपत्यकाबाट ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। जुन गत मंसिरको भन्दा तीन करोड र पुस र माघको भन्दा १० करोड रुपैयाँले बढी हो।

कलंकीले धान्यो समग्र कारोबार
विगत तीन महिनादेखि स्थिर कारोबार गरिरहेको मालपोत कार्यालय कलंकीले फागुनमा ५० प्रतिशत बढी राजस्व संकलन गर्दा उपत्यकाको राजस्व उच्च भएको हो।

मंसिरदेखि माघ सम्म समान १० करोड रुपैयाँ हाराहारी मात्र राजस्व संकलन गरेको कलंकीले फागुनमा १६ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गर्दा समग्र कारोबारनै उकालो लागेको हो।

डिल्लीबजार, लगनखेल र चाबहिलको कारोबारमा सुधार
मालपोत कार्यालय डिल्लीबजार, लगनखेल र चाबहिलले माघको तुलनामा सामान्य कारोबार बढाएका छन्। डिल्लीबजारले फागुनमा १४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गर्दा लगनखेलले १५ करोड ७२ लाख रुपैयाँ संकलन गरेका छन्।

त्यसैगरि चाबहिलले फागुनमा १३ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। माघमा भने डिल्लीबजारले १३ करोड २८ लाख रुपैयाँ, लगनखेलले १५ करोड ६५ लाख रुपैयाँ र चाबहिलले १२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेका थिए।

उपत्यकामा भक्तपुरको कारोबारमा मात्रै गिरावट
फागुनमा मालपोत कार्यालय भक्तपुरबाट हुने घरजग्गा कारोबारमा सामान्य गिरावट आएको छ। उपत्यकाका सबै मालपोत कार्यालयको कारोबार बढेकोमा भक्तपुरको मात्रै कारोबार घटेको हो।

भक्तपुरले फागुनमा नौ करोड २५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। माघमा भने भक्तपुरको राजस्व १० करोड ११ लाख रुपैयाँ रहेको थियो।

टोखा, साँखु र मनमैजुको कारोबार पनि वृद्धि
फागुननमा मालपोत कार्यालय टोखा, साँखु र मनमैजुको कारोबारमा पनि वृद्धि भएको छ। फागुनमा टोखाले तीन करोड ९८ लाख रुपैयाँ, साँखुले चार करोड ३९ लाख रुपैयाँ र मनमैंजुले चार करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

माघमा भने टोखाको तीन करोड ७४ लाख रुपैयाँ, साँखुको तीन करोड ३१ लाख रुपैयाँ र मनमैंजुको तीन करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। ***

तपाईको प्रतिक्रिया