Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – राष्ट्रिय योजना आयोगले वि.स. २१०० सम्म प्रतिव्यक्ति आय १२ हजार ५ सय ५४ रुपैयाँ पुर्या‍उने गरी दिर्घकालीन मार्गचित्र तय गरेको छ । आयोगले पन्ध्रौं योजना सँगसँगै २५ वर्षे दीर्घकालीन योजना तय गर्दै प्रतिव्यक्ति आयको लक्ष्य निर्धारण गरेको हो ।

तर यसका लागि प्रत्येक वर्ष दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक रहेको समेत आयोगले बताएको छ । हालको प्रतिव्यक्ति आय १ हजार १२ डलरलाई क्रमश बढाउँदै २१०० सम्म १२ हजार ५ सय ५४ पुर्‍याउने लक्ष्य लिएको हो । आयोगले २०७९ सम्म अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्दै १ हजार ३ सय ५६ डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य दिएको छ ।

यसैगरी २०७८ सम्म उच्च मध्यस्तर भएको मुलुकमा स्तरोन्नति गर्दै प्रतिव्यक्ति आय ३ हजार ६५ डलर  पुग्ने अनुमान गरेको छ । यसैगरी सन् २१०० सम्ममा उच्च आय स्तरको मुलुकमा स्तरोन्नति गर्दै प्रक्तिव्यक्ति आय १२ हजार ५ सय ५४ पुर्‍याउने महत्वकांक्षी लक्ष्य अगाडि सारेको हो ।

तपाईको प्रतिक्रिया