Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

दोलखा – ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएकाे छ । मन्त्री पुनले बिहान आयोजनाको बांधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर जानकारी लिनुभएकाे हाे ।

उहाँले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताउनुभयाे । मन्त्री पुनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाको प्रगतिको बारेमा जानकारी लिनुभयाे । मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित आयोजनास्थल पुग्नुभएकाे थियाे ।

उहाँले तोकिएको समयमा तामाकोशी जलविद्युत  आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिनुभयाे । ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयाे । आयोजनास्थलको निरीक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसँग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चाँसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छुँ, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छुँ ।’ ‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ,अहिले काम अघि बढिरहेको छ ।

त्यसैले पनि आगामी मंसिरसम्म सबै काम सम्पन्न हुन्छ’, उहाँले भन्नुभयाे । यो आयोजनालाई सरकारले महत्व दिँदै आएको छ । यो आयोजनाको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरीक्षण गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया