मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – जापानसंग श्रम समझदारीमा हस्ताक्षर गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मन्त्रीपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी दिएको हो ।

दुई देशबीचको समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम मन्त्रालयका सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

गएको पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।***

तपाईको प्रतिक्रिया