Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – संयुक्त राष्ट्र संघले विश्वभर वातावरण प्रदुषणका कारण प्रत्येक वर्ष अल्पायुमै ९० लाख मानिसको मृत्यु हुने तथ्यांक सार्वजनिक गरेकाे छ । संयुक्त राष्ट्र संघको ग्लोबल एन्वायरमेन्ट आउटलुक सिरिजमा करिब ६ वर्षसम्म गरेको अध्ययनका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

७४० पेजको उक्त रिपोर्टमा अल्पायुमा मृत्यु हुनेको संख्यामध्ये एक चौथाईको मृत्यु प्रदुषणका कारण हुने उल्लेख गरिएकाे छ । ७० देशका २५० वैज्ञानिकले गरेको अध्ययनमा विकसित तथा अल्पविकसित देशबीचको खाडल गहिरो हुँदै र प्राकृतिक तथा कृत्रिम वस्तुको अधिक उपयोग, प्रदुषण, खानेकुरा फाल्ने क्रम बढेको, गरीबीसँगै बिरामी पनि बढेकाे देखिएकाे छ । रिपोर्टका अनुसार शहरी क्षेत्रमा हुने ग्याँसको उत्सर्जन, दुषित पानी र पारिस्थितिक प्रणालीमा क्षती पुग्नाले मानिसहरु मृत्युको शिकार भइरहेका छन् ।

ग्रीन हाउस ग्याँसको उत्सर्जन बढ्नाले समयभन्दा अगाडि नै कहिले खडेरी, कहिले बाढीको खतरा बढिरहेको छ । योबाहेक समुद्रको स्तर बढ्दा आँधितुफान आउने खतरा पनि उत्तिकै छ । वैज्ञानिकका अनुसार खानेकुरा जथाभावी फाल्ने कामलाई रोक्न सके ग्रीन हाउस ग्याँसमा ९ प्रतिशतले कमी आउन सक्नेछ । यो अध्ययनले सफा पानीको अभावमा हरेक वर्ष १४ लाख मानिसको मृत्यु हुने देखाएको छ । फोहोर पानीले झाडापखाला तथा अन्य विभिन्न संक्रमण हुन्छन्, प्रदुषण नियन्त्रण गरे मृत्युकाे याे डरलाग्दाे तथ्या‌ंकलाई कम गर्न सकिने वैज्ञानिककाे भनाइ छ ।

समुद्रमा बढिरहेको रसायनले मानव शरीरलाई नोक्सान पुर्याउँछ । कृषि क्षेत्रभन्दा मानिसको बस्ती बढ्दै जाँदा जमीनको क्षेत्र कम हुँदै गएको छ र खेतहरु कटानको जोखिममा छन् । रिपोर्टका अनुसार वायु प्रदुषणका कारण मात्रै प्रत्येक वर्ष ६० देखि ७० लाख मानिसको मृत्यु हुन्छ । खाद्य उत्पादनमा बढिरहेको एन्टीबायोटिकको प्रयोगले सुपरबगको ड्रग रेसिस्टेन्ट बनिरहेको छ, जुन मृत्युको एउटा ठूलो कारण हो ।

२०१५ मा पेरिस जलवायु सम्मेलनको क्रममा प्रत्येक देशले ग्याँस उत्सर्जनमा कमी ल्याउन विश्वभरको तापक्रम १.५ डिग्री सेन्टिग्रेडसम्म गर्ने प्रतिबद्धता जनाएका थिए । तर यो क्रममा प्रदुषण, वनक्षेत्रको फँडानी र फेरिँदै गएको खाद्य श्रृङ्खलाको बारेमा गम्भीर रुपमा छलफल गरिएन् ।

तपाईको प्रतिक्रिया