Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ-काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययन (सम्भाव्यता अध्ययन)का लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि-भिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताउनुभएकाे हाे । आज संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले बजेटको अभावमा वीरगंज-काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयाे ।

सो रेलमार्गको प्रि फिजिबिलिटी भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ-काठमाडौं रेलमार्ग निर्माणको फिजिविलिटी अध्ययनका लागि करिव ३५ अर्ब लाग्ने अनुमान गरिएको छ भने वीरगंज-काठमाडौं रेलमार्गको फिजिविलिटी अध्ययनका लागि करिव ७ अर्ब लाग्ने अनुमान गरिएको छ । सो दुवै रेलमार्गको फिजिविलिटी अध्ययनको काम अघि बढाउन बजेटको अभाव रहेको सचिव अधिकारीको भनाई छ ।

सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिनुभयाे । उहाँले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाई भएकाले पूँजीगत खर्च अपेक्षा अनुसार गर्न नसकिएपनि अव त्यस कार्यले पनि गति लिने दावी समेत गर्नुभयाे । सचिव अधिकारीले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसारनै पूँजीगत खर्च गर्ने दावी गर्नुभयाे ।

तपाईको प्रतिक्रिया