Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाल वायुसेवा निगमले पाइलट अभावकाे कारण देखाउँदै डेढ महिनादेखि ‘ग्राउन्डेड’ गरेर राखेकाे एउटा चिनियाँ वाई-१२ विमानले आन्तरिक उडान सुरु गरेकाे छ । साे विमानले आजदेखि काठमाडौं-दाङ र दाङ-काठमाडौं उडान सुरु गरेकाे हाे ।

चीनबाट खरिद गरेर ल्याइएका ४ वटा वाई-१२ जहाज ग्राउन्डेड रहेकामा एउटा मात्रैकाे उडान सेड्युल तय भएकाे निगमले जनाएकाेछ । लामो समयदेखि बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनः काममा फर्किएपछि उक्त विमानले उडान भर्न सुरु गरेको हो । निगमले वाई-१२ का अर्का पाइलट उद्धव घिमिरेलाई ए-३२० को प्रशिक्षणमा पठाएको विरोधमा भट्टराई एक अर्का पाइलट सञ्जय बादेले गत माघ २९ गते बिदा लिनुभएकाे थियाे ।

आन्तरिक विवादका कारण निगमले आफ्ना व्यावसायिक नियमित उडान समेत नगरी विमान थन्क्याउनु परेकाे बताइन्छ । बिदामा बसेका दुई पाइलट भट्टराई र बादे फागुन १३ र १६ गते नै काममा फर्किनुभएकाे थियाे ।

तीन विमान अझै ग्राउन्डेड
वाई-१२ काे उडान गर्दै आएका पाइलट उद्धव घिमिरेलाई ए-३२० जहाजकाे उडानका लागि थप तालीममा पठाएसँगै निगमका ४ वटै वाई-१२ विमान ग्राउन्डेड भएका थिए ।

जसमध्ये एउटा वाई- १२ विमान भने डेढ वर्षदेखि ग्राउन्डेड नै रहेकाे छ । यसकाे तत्काल मर्मत गरी उडाउने सम्भावना कम रहेकाे निगमकाे भनाइ छ । उडानयोग्य २ विमान भने कहिलेबाट उडान सुर गर्ने हाे, निगमलेक केही खुलाएकाे छैन ।

चीनियाँ कम्पनीबाट निगमले खरिद गरी ल्याएका वाई-१२ सिरिजका ४ वटै विमानकाे उडान सन्जय बादे, नेपेन्द्र भट्टराई, उद्धव घिमिरे र आङनुरी शेर्पाले गर्दै आउनुभएकाे थियाे । मासिक १० लाख रूपैयाँबढी तलब खाने पाइलट शेर्पाको पिपिसी नवीकरण नहुनु र पाइलट भट्टराइकाे बढुवा हुनु लगायत कारणले वाइ-१२ जहाजहरू ग्राउन्डेड भएकाे हाे ।

तपाईको प्रतिक्रिया