Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पछिल्लो समय अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान र सीप एकआपसमा आदानप्रदान गर्ने ध्येयले आगामी वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको सहकार्यमा काठमाडौँमा हुने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत बेलायत, जापान, थाइल्याण्ड, अमेरिका देशका अङ्ग प्रत्यारोपण विशेषज्ञ चिकित्सक एवम् नेपालक सबै जिल्लाका अस्पताल प्रमुखको सहभागिता हुने आयोजक समितिका संयोजक एवम् वरिष्ठ अङ्ग प्रत्यारोपण विशेषज्ञ प्रा डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सन् २००८ देखि नेपालमा मिर्गौला प्रत्यारोपण कार्य शुरु भएको हो । अहिलेसम्म एक हजार २०० भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थानमा मिर्गाैला प्रत्यारोपण हुने गर्दछ । सम्मेलनको नारा ‘ब्रिजिङ द ग्याप’ रहेको छ । संयोजक प्रा डा श्रेष्ठले नेपालको प्रत्यारोपण सेवालाई अझ विस्तार गर्न सम्मेलनले कोशेढुङ्गाको काम गर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया