काठमाडौं – अमेरिकी पप गायक जस्टिन बिबर अहिले डिप्रेशनको उपचार गराईरहेका छन् । जस्टिनका नजिकका सुत्रले बताएअनुसार जस्टिनले एउटा सानो बालकको रुपमा आफ्नो करियर सुरु गरेका थिए, उनी सबैसँग राम्रो व्यवहार गर्थे । तर उनको त्यो बेलाको फेम अहिले सम्पूर्ण रुपमा फेरिईसकेको छ ।
जस्टिनले पिंक भिलाका लागि दिएको अन्तर्वार्तामा नयाँ सम्बन्ध अनि मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गरेका छन् । जस्टिनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा पनि कुरा गरेका छन् । ‘१३ वर्षको उमेरमा मैले सफलता प्राप्त गरे । त्यसैले मलाई आफूले आफैलाई चिन्ने अवसर पाईन् । संगीतमा व्यस्त थिए, त्यसैले म को हुँ, के चाहन्छु जस्ता प्रश्नको जवाफ खोज्न मलाई समय नै भएन’, उनले भनेका छन् ।
जस्टिनले सन् २०१७ मा भएको आफ्नो टूर ‘परपस’ को बारेमा पनि कुरा गरे । उनले ४० देशमा एक सय ५० भन्दा धेरै प्रस्तुती दिए पछाडि अन्तिमको १४ ओटा शो क्यान्सिल गरेका थिए । उनले भने, ‘म टूरको समयमा डिप्रेशनमा आउँथे, मैले यो बारेमा अहिलेसम्म कुरा गरेको छैन । त्यो समय म एकदमै एक्लो महशुस गरिहेको थिए र मलाई थोरै समय चाहिएको थियो ।’
जस्टिनले बताए, ‘हामी दुई मध्यमा भावनात्मक आधारमा म अलि अस्थिर छु, मलाई शान्तिको लागि अलि धेरै संघर्ष गर्नुपर्छ । मलाई यस्तो लाग्छ की म धेरै चिन्ता गर्छु र चाहन्छु कि सबै राम्रो होस् र मलाई सबैले मलाई मनपराउन । तर ह्याली धेरै नै समझदार छिन् ।’ जस्टिनको यो स्थितीको कारण उनको विवाह नभएको उनी निकट स्रोतले जनाएको छ । ‘उनको निराशाको समस्या अनि विवाहलाई जोडेर हेर्न मिल्दैन । हेलीसँग विवाह गरेर जस्टिन एकदमै खुशी छन् । ***