Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – व्यापार घाटा, चालु खाता घाटा र शोधनान्तर स्थितिबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहेको तथ्यांकसहित अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गरेका छन् । राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुई तिहाईको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो भाषणमा विकास निर्माणले गति लिएको बताउँदै आए पनि सरकारी तथ्यांकले काम हुन नसकेको देखाएको हो । अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनले सरकारको भनाई र गराईमा मेल देखाउँदैन ।

गत वर्षमात्र होइन, पछिल्लो एक दशक यता सरकारले जुन किसिमको विकास (पुँजीगत) बजेट खर्च गर्दै आएको थियो, यो वर्ष पनि त्यो भन्दा कुनै भिन्नता देखिएको छैन । चालु आवको ६ महिनामा सरकारले विकास बजेट १७.७ प्रतिशतमात्र खर्च गरेको छ । बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा अपेक्षाकृत पुँजीगत खर्च गर्न नसकेको स्वीकार भने गरेका छन्।

यस अवधिमा वित्तीय संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा बढी केन्द्रीत हुनुपरेकाले पुँजीगत खर्च बढाउन नसकिएको अर्थमन्त्री युवराज खतिवडाको तर्क छ । ***

तपाईको प्रतिक्रिया