Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – एड्स महामारीले विश्वव्यापी रूप लिएयताको दोस्रो घटनामा एकजना रोगीलाई स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी सङ्क्रमण मुक्त गर्न सकिएको छ । लण्डनका बिरामी मात्र भनेर चिनाइएका ती ब्रिटिश पुरुषले झण्डै तीन वर्षअघि एचआइभी सङ्क्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एकजना दाताको बोन म्यारोको स्टेम सेल ग्रहण गरेका थिए ।

चिकित्सकहरूका अनुसार एन्टि-रेट्रोभाइरल औषधिको सेवन बन्द गरेको भए पनि १८ महिनादेखि ती बिरामीमा एचआइभी भाइरसको कुनै सङ्केत देखिएको छैन । बीबीसीले उल्लेख गरेअनुसार यो उपचार प्रक्रियामा संलग्न एकजना अग्रणी चिकित्सकका अनुसार ती बिरामी व्यावहारिक रूपमा त निको भएका जस्तो देखिएका छन् । तर उनी पूर्ण रूपमा नै निको भएको हो वा होइन भनेर भनिहाल्ने बेला भएको छैन । ती चिकित्सकका अनुसार बोन म्यारो अर्थात् हड्डीको मासी प्रत्यारोपण गर्ने प्रक्रिया खतरनाक र निकै पीडादायी त हुन्छ नै । तर एचआइभीको उपचारमा त्यसलाई नियमित प्रक्रियाका रूपमा अवलम्बन गर्न सम्भव हुँदैन ।

तर यो घटनापछि कुनै दिन एचआइभीको पूर्ण उपचार गर्न सकिनेछ भन्ने कुरामा थप बल मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन् । लण्डनका ती पुरुष बिरामीलाई सन् २००३ मा एचआइभी सङ्क्रमण भएको थियो र सन् २०१२ मा उनमा हजकिन्स लिम्फोमा नामको क्यान्सर देखापरेको थियो । हजकिन्स क्यान्सरको उपचारका लागि उनले किमोथेरापी गराएका थिए, सँगसँगै उनमा एचआइभी भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको एकजना दाताको स्टेम सेल पनि प्रत्यारोपण गरिएको थियो ।

त्यसपछि उनको दुवै रोग क्यान्सर र एचआइभी निको हुने चरणमा पुगेको देखिएको छ । यो प्रक्रियामा युनिभर्सिटी कलेज लण्डन, इम्पीरिएल कलेज लण्डन, क्याम्ब्रिज र अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरू संलग्न रहेका छन् । कार्डिफ विश्वविद्यालयका एकजना सङ्क्रामक रोग विज्ञ डा. एन्ड्र्यू फ्रिडमन भन्छन्, ‘यो एउटा चाखलाग्दो र निकै उल्लेखनीय प्रतिवेदन हो ।’ तर उनी भन्छन् बिरामीमा पछिल्लो चरणमा एचआइभी भाइरस फेरि सक्रिय हुन नसकोस् भनेर यकिन गर्न अझै केही लामो समय निगरानी गर्नु आवश्यक हुनसक्छ ।

झण्डै दश वर्षअघि जर्मनीको बर्लिनमा एकजना एचआइभी पोजिटिभ पुरुषले रक्त क्यान्सरका उपचारका लागि बोनम्यारो प्रत्यारोपण गराएका थिए र त्यसयता उनी एचआइभी सङ्क्रमणबाट मुक्त रहँदै आएका छन् । टिमोथी ब्राउन नामका ती व्यक्ति एचआइभी एड्सलाई जित्ने पहिलो बिरामी हुन् ।

तपाईको प्रतिक्रिया