Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याएको बताउनुभएको छ ।

“कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र आधुनिकीरणसँगै व्यावसायिकीकरण गर्न ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याइएको हो”, खजुरा गाउँपालिका– २ सीतापुरमा सोमबार स्मार्ट कृषिगाउँको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, ‘कृषिबाटै आत्मनिर्भर हुनसके समृद्धिको आधार तय हुने भएकाले प्रदेश सरकारले यसतर्फ प्राथमिकता दिएको छ ।’

स्मार्ट कृषिगाउँ कार्यक्रमले सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । मन्त्री पौडेलले स्मार्ट कृषिगाउँमा जमीन बाँझो राख्न नपाईने बताउँदै ‘स्मार्ट कृषिगाउँ’ निर्माणका लागि दुई प्राविधिक स्मार्ट सिँचाइ, स्मार्ट बजार, स्मार्ट प्रविधि, स्मार्ट खाद्य व्यवस्थापनलगायत समेटेर गाउँलाई नै कृषिमा स्मार्ट बनाइने मन्त्रालयको योजना रहेको बताउनुभयो ।

सीतापुर स्मार्ट कृषिगाउँमा ८७ घरधुरीले ७१ बिघा क्षेत्रफलमा वर्षायाममा धान, मकै र तरकारी, हिउँदमा गहुँ, तरकारी, तोरी, मसुरो, चना, आलु र खुर्सानी र वसन्तयाममा मकै र तरकारी खेती गर्ने कार्ययोजना रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ को बेलासपुर, कोहलपुर नगरपालिका–१३ मा रहेको खड्कवार, राप्तीसोनारी गाउँपालिका–७ को फत्तेपुर, डुडुवा–३ को वनकट्टी, वैजनाथ–४ को नौलापुर र खजुरा गाउँपालिका–२ को सीतापुरलाई ‘स्मार्ट कृषिगाउँ’ घोषणा गरिएको छ ।

छनोटमा परेका ‘स्मार्ट कृषिगाउँ’मा तीन पटक खेती गरिनेछ । चालू आर्थिक वर्षको बजेटमा हरेक स्मार्ट कृषिगाउँलाई सरकारले रु ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ । यसमा स्थानीय किसानले रु १० लाख लगानी गर्नुपर्ने प्रावधान रहेको छ । ***

तपाईको प्रतिक्रिया