Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्थासहितको नयाँ कानून प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्ता गराएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्ता लगानीकर्ताले नेपालमा स्थापना भएका कुनै उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्मको शेयर खरीद गरेर पनि लगानी गर्न सक्नेछन् । हवाइजहाज, पानीजहाज, औजार, निर्माण उपकरण वा अन्य यस्तै उपकरणमा तोकिएको सीमाको अधिनमा रही लगानी गर्नसकिने व्यवस्था विधेयकमा छ । लगानी मात्रै नभई प्रविधि हस्तान्तरण गर्ने विषयसमेत समेटिएको सो विधेयकमा विदेशमा स्थापना भएका उद्योगको शाखा खोल्नसमेत सकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया