Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

शरीरको सन्तुलित पोषणका लागि २० प्रतिशत अम्लीय र ८० प्रतिशत क्षारीय पोषण तत्व आवश्यक हुन्छ । त्यसैले शरीरको सन्तुलित पोषणका लागि खानामा बढीभन्दा बढी क्षारीय तत्व भएका खाद्यपदार्थ छनोट गर्नु ठीक हुन्छ ।

– सागपात, हरियो तरकारी र रेसादार खाद्यपदार्थमा क्षारीय तत्व हुन्छ । साथै, दाल, गेडागुडी, फलफूलमा पनि क्षारीय तत्व हुने भएकाले यस्ता खानामा जोड दिनुपर्छ ।

– मासुमा अम्लीय तत्व तथा प्रोटिन धेरै हुने भएकाले मासु कम खानु नै उपयुक्त हुन्छ । अम्लीय तत्वभन्दा क्षारीय तत्व नै शरीरलाई बढी आवश्यक हुन्छ । त्यसैले, सामान्यतयाः हप्तामा एकपटकसम्म मासु खान सकिन्छ ।

– मासु पनि उसिनेर खाँदा राम्रो । तारेर, भुटेर, फ्राइ गरेर सकेसम्म नखाएकै बेस ।

– माछाले भने शरीरलाई फाइदा गर्छ । तर, तेलमा तारेको र फ्राइ गरेको माछा नखाएकै राम्रो । माछा खाँदा झोल हालेर खानु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया