Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पछिल्लो दुई दशकमा मेरुदण्ड वा गर्दन दुख्ने समस्या अत्यधिक बढेको पाइन्छ । तथ्यांकअनुसार प्रत्येक दुई व्यक्तिमध्ये एकजनामा गर्दनको दुखाइ हुने गरेको छ । गर्दनको दुखाइ यही उमेरमा नै हुन्छ भन्ने छैन ।

जुनसुकै उमेर समूहका मानिसमा पनि मेरुदण्ड दुख्ने समस्या हुने गरेको पाइएको छ । गर्दनको दुखाइ विभिन्न कारणले हुने गर्छ । कार्यालयमा बसेर दैनिक काम गर्ने व्यक्ति, गृहिणी, मोटरसाइकल÷स्कुटर चलाउने मानिसमा गर्दन दुख्ने समस्या बढी हुन्छ ।

बच्ने उपाय
– स्वस्थ जीवनशैली अपनाउने तथा मेरुदण्डलाई असर नपर्ने गरी काम गर्ने ।
– गर्दनको दुखाइ हुने व्यक्तिले व्यायाम गर्न आवश्यक हुन्छ । बिहान छिट्टै उठेर करिब एक घन्टा व्यायाम गर्ने गरेमा राहत मिल्छ । अथवा, दैनिक ३० मिनेट जति दोडने वा पौडी खेल्ने पनि गर्न सकिन्छ ।
– कार्यालय वा अन्य कतै जाँदा सम्भव भएसम्म पैदल हिँड्ने बानी बसाल्नुपर्छ ।
– गर्दन दुख्ने समस्या भएकाले भारी वजन उठाउने गर्नुहँुदैन । यसले मेरुदण्डमा
झन् असर गर्छ ।
– अफिसमा कामका दौरान प्रत्येक घन्टामा शरीर चलाउने वा यताउति हिँड्ने गर्नुपर्छ ।
– काम गर्दा बस्ने कुर्सी पनि ढाड दुख्नुको प्रमुख कारण बनेको हुन सक्छ । तसर्थ, धेरै समय बिताउनुपर्ने भए सजिलो तरिकाले बस्न मिल्ने र लचकदार कुर्सी छनोट गर्नुपर्छ ।
– मोटरसाइकलमा लामो
यात्रा गर्नुहुँदैन ।
– जिम गर्दा पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यस्तै, प्रशस्त मौसमी फलफूल र सागसब्जी खानुपर्छ ।
– धुलो–धुवाँबाट बच्नुपर्छ । साथै, धूम्रपान गर्नुहुँदैन ।
– बच्चाहरूलाई लगातार मोबाइल फोन र भिडियो
गेममा समय बिताउन
दिनुहुँदैन ।
– साथै, विद्यालय पठाउँदा भारी ब्याग बोक्न लगाउनुहुँदैन ।

तपाईको प्रतिक्रिया