Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – गर्भावस्था सामान्यतया ९ महिनासम्म रहन्छ । यो समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ । साथै, गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खानाको बढी आवश्यकता हुन्छ । यसर्थ, सखरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, गाजर, ब्रोकाउली, काउलीको तरकारी खानुपर्छ । अब जानौँ अपनाउनुपर्ने सावधानी :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– सधैँ सफा रहने र सम्भव भएसम्म दिनहुँ नुहाउने ।
– पौष्टिक खाना खाने ।
– हलुका, खुकुलो र आरामदायी कपडा लगाउने ।
– ठूलो हिल भएको जुत्ता–चप्पल नलगाउने ।
– तनावयुक्त काम नगर्ने, आराम गर्ने ।
– चिल्लो, पिरो, अमिलो आदि नखाने ।
– ९ महिना लागेपछि दिनको १० घन्टासम्म आराम गर्ने ।
-राति ८ घन्टा सुत्ने तथा दिनमा २ घन्टा बायाँ कोल्टे परेर पल्टिने ।
– कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने ।
– हरियो सागसब्जी खाने र दूध पिउने ।
– मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहने ।
– विशेषगरी, पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने ।
–मोटरसाइकल/स्कुटर नचलाउने ।
–शारीरिक सम्पर्क नराख्ने ।
–चिकित्सकको सल्लाहविना जथाभावी औषधि नखाने र प्रयोग नगर्ने ।

तपाईको प्रतिक्रिया