Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – गायक प्रमोद खरेलले सांसदहरुलाई काम गर्न सुझाव दिँदै गीतमाथि राजनीति नगर्न अनुरोध गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गायक खरेलले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा एक महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्र वा विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्, ताकि फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस् गीतमाथि राजनीति नगर्नुस् ।’

लोक तथा दोहोरी गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा गीतबारे सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच सोमबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

शून्य समयमा बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले  जनताको बोली गाउने गायकलाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेको केही समयपछि संसदको शून्य समयमा बोलेका सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले जवाफ दिएका थिए । उनले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने घोषणा गरेका थिए ।

संसदको शून्य समयमा बोल्ने सांसदले गीतमाथि लागेको प्रतिबन्धबारे आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया