Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – यदि तपाईंले स्मार्ट फोनमा ठूलो आवाजमा गीत सुन्ने गर्नुभएको छ भने सावधानी अपनाउनुपर्ने भएको छ । युनाइटेड नेसन्सअन्तर्गतको एजेन्सीको एक रिपोर्टमा बताइएअनुसार स्मार्ट फोनमा गीत सुन्ने र लगातार ठूलो आवाजको सम्पर्कमा रहने कारण संसारभरका एक अर्बभन्दा धेरै मानिसमा बहिरोपनको खतरा हुने देखिएको छ । रिपोर्टमा यो समस्याबाट छुटकारा पाउने तरिका पनि बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१२-३५ वर्षका युवायुवतीमा धेरै खतरा
युनाइटेड नेसन्सको रिपोर्टअनुसार जुन मान्छेहरूमा यसको खतरा छ उनीहरूको उमेर १२ देखि ३५ वर्षको बीचमा छ । वल्र्ड हेल्ट अर्गनाइजेसन (डब्लुएचओ) ले बताएअनुसार सुस्तश्रवणको समस्यामा रहेकाहरूका लागि विश्वभर ७ सय ५० मिलियन डलर खर्च हुने अनुमान छ । डब्लुएचओका प्राविधिक अधिकारी शेली चड्डाका अनुसार संसारभर एक अर्बभन्दा बढी युवायुवती स्मार्ट फोनमा ठूलो ध्वनिमा गीत सुन्ने गर्छन् । उनीहरू त्यसका लागि इयरफोन अथवा हेडफोन प्रयोग गर्ने गर्छन् । तर, यसले उनीहरू बहिरोपनको सिकार हुन सक्छन् अथवा उनीहरूको सुन्ने शक्ति कम हुन सक्छ ।

४ वर्षसम्म गरिएको थियो अनुसन्धान
शेली चड्डाका अनुसार यो तथ्यांक उनको एक शोधमा आधारित छ जसलाई पूरा गर्न गरिब चार वर्ष लागेको थियो । शेलीका अनुसार यो शोधमा युवायुवतीको सुन्ने बानी तथा कति भोल्युमसम्म उनीहरू सामान्यतया उजागर हुन्छन्- यी दुई कुरामा जोड दिइएको छ । शेलीको कुरा मान्ने हो भने यो जानकारीका आधारमा ती युवायुवतीलाई बहिरोपन हुनबाट बचाउनका लागि समाधान खोज्न पनि सहयोग भयो ।

फोनमा भोल्युम कन्ट्रोल प्रयोग गरौं
चड्डाका अनुसार हामी सबैको स्मार्ट फोनमा एक साउन्ड कन्ट्रोलिङ सिस्टम हुन्छ, जसले तपाईंलाई कति आवाज प्राप्त भइरहेको र तपाईं आवाज सीमितताभन्दा माथि गइरहनुभएको छ वा छैन भन्ने बताउँछ । यस अवस्थामा यदि बहिरोपनको सिकार हुनबाट बच्न चाहनुहुन्छ भने स्मार्ट फोनमा दिइएको त्यो गाइडलाइनलाई अवश्य पनि अपनाउनुहोस् । यसका अतिरिक्त तपाईं बहिरोपनको सिकार हुनबाट बच्नका लागि यस्तो डिभाइस पनि प्रयोग गर्न सक्नुहुन्छ जसमा अटोमेटिक भोल्युम कन्ट्रोल हुन्छ । यसबाट कानमा ठूलो आवाज आउनेबित्तिकै आफैं आवाज कम हुने गर्छ ।

तपाईको प्रतिक्रिया