Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – विश्वका विभिन्न देशका कामदार वा कर्मचारीले आफ्नो आम्दानीको ७० प्रतिशत रकम नेपाल बाहिर लैजान पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संशोधन गर्न बनाएको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

यो विधेयक अहिले संघीय संसदको प्रतिनिधिसभमा दर्ता समेत भइसकेको छ । विधेयक पारित भइसकेपछि यो व्यवस्था लागू हुनेछ । विधेयकमा रोजगारदाता कम्पनीमा काम गर्ने विदेशी कामदार वा कर्मचारीले खुद पारिश्रमिकको ६० प्रतिशतसम्म विदेशी मुद्रा नेपाल बाहिर लैजान पाउने व्यवस्था संशोधन गरी ७० प्रतिशत बनाइएको उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले जानकारी दिनुभयाे । यसको अर्थ विदेशी कामदारले नेपालमा गरेको आम्दानीको ३० प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया