Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं  – शरीरमा क्याल्सियमको मात्रा पूरा गर्नको लागि दुध पिउनु अत्यावश्यक छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शरीरमा क्याल्सियमको कमि हुन नदिन हरेकलाई जन्मेदेखि नै दुध सेवन गराइन्छ । दूधले शरीरमा क्याल्सियमको मात्रा पूरा गर्छ र शरीरका हड्डीलाई मजबुत बनाइराख्न मद्दत गर्छ ।

स्वस्थ शरीर र हड्डीको लागि हरेक दिन एक गिलास दूध पिउनु अत्यन्तै जरुरी भएको डाक्टरहरु बताउँछन् । सादा दूध पिउँदा शरीरलाई आवश्यक क्याल्सियमको मात्रा त पूरा हुन्छ तर यसमा गुँद मिसाएर खानुभयो भने यसले शरीरमा धेरै प्रकारको फाइदा पुर्याउँछ ।

गुँदलाई अंग्रेजीमा Tragacanth Gum भनिन्छ । यो एक प्रकारको वनस्पति औषधि हो । यसको न कुनै स्वाद न कुनै गन्ध नै हुन्छ ।

स्वादहीन, गन्धहीन, चिपचिप र पानीमा घुल्ने खालको खैरो, पहेँलो र सेतो रङको हुन्छ । रुखबाट निस्किएको गुँदमा विविध प्रकारका पोषक तत्व पाइन्छ । यसलाई दूधमा मिसाएर खाँदा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या हट्ने गर्छ ।

– यदि हरेक दिन दूधमा गुँद मिसाएर पिउने गर्नुहुन्छ भने तपाईको मानसिक र शारीरिक रुपमा लाभदायी हुनेछ । गुँदले शारीरिक र मानसिक दुवै प्रकारको थकानबाट राहत दिन्छ ।

 – निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन हरेक रातिमा दूधमा गुँद मिसाएर पिउँने गर्नुपर्छ । यस्तो गर्दा सजिल्यै निन्द्रा लाग्ने र आनन्द महसुस हुन्छ ।

  -पाचन प्रक्रियामा गडबढी भएमा वा प्राचनप्रणाली तन्दुरुस्त राख्नको लागि गुँद मिसाएको दूध पिउँनु पर्छ । युसले कब्जियतको समस्याको पनि समाधान गर्छ ।

 -दूधमा क्याल्शियमका साथ साथै शरीरलाई आवश्यक पोषक तत्व पनि प्राप्त हुन्छ । भने गुँदमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व हुन्छ । यो दुवैको मिलाएर खाँदा शरीरलाई निकै फाइदाजनक हुन्छ ।

 – यदि तपाई तनाव नियन्त्रण गर्न सकिरहनुभएको छैन भने यसको लागि मन तातो पानीमा गुँद हालेर पिउनुभयो भने तपाईलाई आराम महसुस हुन्छ । यसका साथै यसले प्रजनन् क्षमतामा वृद्धि गर्नुका साथै शुक्रकिटको संख्यामा पनि वृद्धि गर्छ ।

–  गुँदमा प्रोटिन र फ्ल्यालिक एसिडको मात्रा धेरै हुन्छ । जसले शरिरमा भएको रगतको कमी हुन दिदैन ।

 -र, गुँद र मेहेन्दीको फूल पिसेर दूधमा मिसाएर लगाउँदा टाउको दुख्ने समस्या कम हुन्छ ।

तपाईको प्रतिक्रिया