काठमाडाै – जगेडाका लागि राखेको दूध फाटेको देख्दा सायद जसको पनि मन दुख्छ । फाटेको दूधलाई काम नलाग्ने मानेर धेरैले फ्याँक्ने गर्छन् । तर, फाटेको दूधको पनि विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउन सकिन्छ ।
– कतिपय खाद्यपदार्थ यस्ता हुन्छन्, जसमा मानिसले प्रायः आइसक्रिम राखेर प्रयोग गर्छन् । त्यस्ता खाद्यपदार्थमा आइसक्रिमको सट्टा फाटेको दूध पनि प्रयोग गर्न सकिन्छ ।
– दूध फाटेमा त्यसलाई दही बनाउन पनि सकिन्छ । त्यसका लागि थोरै जामन मिलाएर जम्न दिनुपर्छ । त्यस्तै, दहीसँग फाटेको दूध मिसाएर खाँदा पनि निकै स्वादिष्ट हुन्छ ।
– फाटेको दूध र दहीबाट बटरमिल्क बनाउन सकिन्छ । त्यसका लागि दही र फाटेको दूध राम्रोसँग फिट्ने र त्यसमा जिराको धुलो राखेर पिस्ने ।
– यसलाई चकलेट मिल्कको रूपमा तयार पारेर पिउन सकिन्छ । त्यसका लागि फाटेको दूधमा कोक पाउडर र चिनी राम्रोसँग मिलाएर तयार पार्नुपर्छ । यसरी तयार गरिएको चकलेट मिल्क निकै स्वादिष्ट हुन्छ ।
– फाटेको दूधलाई असिनेको अन्डामा राखेर खानसमेत सकिन्छ । यसरी खाँदा स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा पौष्टिक तत्वको कमी हुन पनि दिँदैन ।