Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – कंगना रणवत, जसलाई बलिउडमा दुई डाइमेन्सनबाट हेर्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एक त उनी हिरोको बराबर स्टार भ्यालु भएकी अभिनेत्री हुन् । उनले फिल्ममा लिने पारिश्रमिक र खेल्ने भूमिका दुबैले पुष्टि गरिसकेका छन्, कंगना कुनै हिरो भन्दा कम छै्नन् ।

अर्को पाटोबाट हेर्दा उनी निकै विवादित अभिनेत्री हुन् । आफैले सुरु गरेको विवादले उनलाई यस्तो दलदलमा फसायो कि, त्यहाँबाट उम्कन उनलाई कम्ता कठिन थिएन ।

हृतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भए लगत्तै उनले आफुलाई हृतिकसँग जोडेर विवाद निकालिन् । त्यो विवादको लहरोले बलिउडका थुप्रै अभिनेतालाई समेत तान्यो ।

आखिरमा यस्तो दिन आयो, कंगना बलिउड इभेन्टहरुमा वहिष्कृत भइन् । कंगनाको जीवन निकै उतार-चढावपूर्ण वित्यो । उनको संघर्षको कथा जति रोमाञ्चक छ, उत्तिनै अत्यासलाग्दो छ कन्टोभर्सीको कुरा पनि ।

यसपाली चाहि उनी एउटा फिल्मले विवाद र चर्चा दुबैको केन्द्रमा रहिन् । चलचित्र हो, मणिकणिर्का ।

विवादको भूँमरीमा

कंगनाले केन्द्रिय भूमिका निर्वाह गरेको मात्र होइन निर्देशन गरेको चलचित्र पनि हो यो । तर, यो चलचित्र सुरुवातदेखि नै विवादित भयो । विवादको यो सिलसिला प्रदर्शनपछि पनि जारी छ ।

उनी यस चलचित्रको विवादमा मात्र नभएर निर्देशक क्रिशसँगको विवादबाट पनि उन्मुक्ति पाएकी छैनन् । यसरी आउने विवादहरुको सामना कंगना एक्लैले गर्नुपरेको छ । अर्थात उनको पक्षमा बोलिदिने छैनन् ।

बलिउड सेलिब्रेटीले कंगनालाई खासै साथ दिइरहेको छैन । उनको समर्थनमा खुलेर बोल्ने बलिउडकर्मी दुलर्भ छन् ।

तनुश्रीको पालाको पैंचो

यद्यपी कंगनाको पक्षमा तनुश्री दत्तले भने मुख खोलेकी छिन् । अनुपम खेरपछि कंगनाको पक्षमा तनुश्री दत्तले आवाज उठाएकी छिन् । तनुश्रीले कंगना निकै राम्रो कलाकार भएको र कंगनाको जस्तो खुबी अरुसँग नभएकाले उनको रिस गर्नेको संख्या धेरै भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘कंगना ए ग्रेट हैन, ए प्लस ग्रेडको अभिनेत्री हुन् ।’

तनुश्रीले कंगनाले यो स्थान कसैको सहयोग बिना नै बनाएको बताएकी छिन् । तनुश्रीका अनुसार पुरुस्वर्थ देखाउनेहरु पनि कंगनासँग डराउने गर्छन् । यसै कारण कंगनाको सफलतामा पुरा बलिउड चुप रहेको तनुश्रीको बुझाई छ ।

तनुश्रीले मणिर्कणिर्का हेरेकी छैनन् । तर, उनलाई अमेरिकामा बस्ने आफ्नो साथीले उक्त चलचित्र हेर्नका लागि अग्रह गरेको तनुश्रीले बताइन् । उनले भनिन्, ‘सायद म छिट्टै नै यस चलचित्र हेर्नेछु । मेरो आमा बुबाले पनि चलचित्र हेरेर प्रशंसा नै गर्नुभएको छ ।’

तनुश्रीले कंगनाको राम्रो कुरा गर्नुको कारण कंगनाले पनि तनुश्रीको समर्थन गरेकी थिइन् । कंगनाले नाना पाटेकरसँगको ‘मि टु’ विवादमा तनुश्रीको खुलेर समर्थन गरेकी थिइन् ।कंगना बलिउडको शानदार र निडर अभिनेत्रीमा गनिन्छिन् । उनले आफ्नो करिअरमा धेरै राम्रो राम्रो र सफल चलचित्र दर्शकलाई दिएकी छिन् ।

तपाईको प्रतिक्रिया