Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाण्डाै –  नेपाल राष्ट्र बैंकले मंगलबार रु २ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले साेमबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि साेमबार नै बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको हाे । साेमबार तीन बजे बाेलकबाेल हुने सूचनामा बताइएको छ । ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि राष्ट्र बैंकले गएको माघ २१ गते ५ अर्ब १६ करोड रुपैयाँको ट्रजरी बिल जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया