Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य रुपमा बैंक खाता खोल्न लगाउने भएको छ । वैदेशिक रोजगारीका लागि जाने नेपालीले स्वदेश पैसा पठाउँदा हुन्डीको माध्यम अपनाउने क्रम नघटेपछि सरकारले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याएर उत्पादनमूकल क्षेत्रमा उपययोग गर्नेबारे सुझाव दिन गठित कार्यदलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको अनिवार्य रुपमा बैंक खाता खोल्न सुझाव दिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यदलको सुझावअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको बैंक खाता खोल्ने विषयलाई कार्यन्वयनमा ल्याइने बताउनुभयाे । कार्यदलले कम खर्चिलो, विनिमयदर बढी र सहज भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीले हुण्डी लगायतका माध्यमबाट रकम पठाउने गरेको विश्लेषण गरेको छ ।

कार्यदलले वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश उड्नु अगाडि नै अनिवार्य रुपमा बैंक खाता खेल्न लगाउने सुझाव दिएको छ । यसरी बैंक खाता खोलेपछि नेपाली कामदार काम गर्ने कम्पनीले कामदारको बैंक खातामा नै सिधै रकम पठाउने कार्यदलको विश्वास छ । कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा बैंक खाता नभएकै कारण वैदेशिक रोजगारीमा रहेका कामदारले अवैधानिक तवरले नेपालमा रकम पठाउने गरेको उल्लेख छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले कार्यदलको प्रतिवेदन बुझ्दै सरकार औपचारिक माध्यमबाट मात्रै रेमिट्यान्स भित्र्याउन प्रतिवद्ध रहेको बताउनुभयाे ।

कार्यदलले एकीकृत विप्रेषण व्यवस्थापन सूचना प्रणाली र प्रवासी श्रमिक कार्ड व्यवस्था गर्न समेत सिफारिस गरेको छ । रेमिट्यान्स पठाउनेलाई विभिन्न सेवा सुविधा दिनुपर्ने र अघिल्लो आर्थिक वर्षभन्दा १५ प्रतिशत बढी रेमिट्यास भित्र्याउने कम्पनीलाई ‘उत्कृष्ट रेमिट्यास कम्पनी अवार्ड’ प्रदान गर्न पनि कार्यदलले सुझाव दिएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली र उनका परिवारका सदस्यहरुले आवेदन दिन पाउने गरी ठूलो लगानीका पब्लिक कम्पनीमा कम्तिमा ५ प्रशित शेयर आरक्षण गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया