Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – जापानले ८४ लाख रुपैयाँ बराबरको ब्रेल प्रिन्टर्स सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

काठमाडौंस्थित जापानी दूतावासका उपनियोग प्रमुख यूजो योशिओकाले आज एक समारोहबीच उक्त प्रिन्टर्स नेपाल एसोसिएसन फर दि वेलफेयर अफ द ब्लाइन्ड नामक एक गैरसरकारी संस्थालाई हस्तान्तरण गरेका हुन् ।

‘नेपालका दृष्टिविहीन विद्यार्थीको उपयोगका लागि उपलब्ध गरिएको ब्रेल प्रिन्टर्स जापान सरकारको तल्लो तहमा मानव सुरक्षा परियोजना अन्तर्गत अनुदान सहयोग स्वरुप प्रदान गरिएको हो,’ काठमाडौंस्थित जापानी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अनुदान सहयोग ८२ हजार २ सय ५७ अमेरिकी डलर बराबरको रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अनुदान सहयोग स्वरुप प्रदान गरिएको ब्रल प्रिन्टर्सले ब्रेललिपीका पाठ्यपुस्तक छाप्न सहयोग पुग्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

यसले दृष्टिविहीन विद्यार्थीको अध्ययनमा थप सहयोग पुर्याउने जनाइएको छ । ‘परियोजना कार्यन्वयन अगाडि विद्यार्थीले मागअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनु अघि  ब्रेललिपी पाठ्यपुस्तक उपलब्ध गराउन कठिन पर्दै आएको थियो । नयाँ प्रिन्टिङ उपकरणले समयमै पाठ्यपुस्तक छापी विद्यार्थीसम्म पुर्याउन सहयोग पुर्याउने छ,. विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया