Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई गर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थाको समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यस वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।

शारीरिक परिवर्तन
– पहिलो १२ हप्ता : खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी हुने ।
– १३–२८ हप्ता : वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया–पोतो आउने, पेट बढेको देखिने, पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने, पहिलोपटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।
– २८ देखि ४० हप्ता : पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने, बढ्दै गरेको पाठेघरले पिसाबथैली थिच्ने हुनाले पटक–पटक पिसाब लाग्ने, ढाड दुख्ने, आठौँ महिनामा घरीघरी पाठेघर खुम्चिने र पेट दुख्ने, नवौँ महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दबाब दिने कारणले सास फेर्न गाह्रो हुने तथा थोरै खाना खाँदा पनि पेट भरिएर अप्ठ्यारो हुने ।

गर्भावस्थाका मुख्य लक्षण
– समयमा महिनावारी नहुने ।
– थकाइ लाग्ने वा जिउ गल्ने ।
– शरीरमा ज्वरो आएजस्तो लाग्ने ।
– कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने ।
– बारम्बार पिसाब लाग्ने ।
– स्तन गानिएर आउने, ठूलो हुने ।
– ढाड (तल्लो भाग ) दुख्ने ।
– गर्भ रहेपछि हल्का रक्तश्राव हुने ।
– टाउको दुख्ने ।
– दिक्क लाग्ने वा तनाव हुने ।
– बिहान उठ्नेबित्तिकै बिरामी हुने ।

असाधारण लक्षण
– ज्वरो आउने ।
– योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने ।
– पिसाब पोल्ने, पिसाब फेर्न गाह्रो हुने, पखाला लाग्ने, निरन्तर बान्ता हुने ।
– पेट र टाउको दुख्ने ।
– आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने ।
– अत्यधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने ।
– खुट्टा अत्यधिक सुन्निने, पैताला, हत्केला र शरीर चिलाउने ।

प्रसूतिपूर्व अपनाउनुपर्ने सावधानी
गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सक्खरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, गाँँजर, ब्रोकाउली, काउलीको तरकारी खानुपर्छ ।गर्भावस्थाको समयमा स्वास्थ्यसम्बन्धी केही पनि समस्या देखिएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नुपर्छ । अब जानौँ अपनाउनुपर्ने सावधानी ।
– सफा रहने, सधैँ नुहाउने ।
– पौष्टिक खाना खाने ।
– हलुका, खुकुलो र आरामदायी कपडा लगाउने ।
– ठूलो हिल भएको जुत्ता–चप्पल नलगाउने ।
– तनावयुक्त काम नगर्ने, आराम गर्ने ।
– चिल्लो, पिरो, अमिलो आदि नखाने ।
– ९ महिना लागेपछि दिनको १० घन्टासम्म आराम गर्ने ।
– राति ८ घन्टा सुत्ने तथा दिनमा २ घन्टा बायाँ कोल्टे परेर पल्टिने ।
– कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने ।
– हरियो सागसब्जी खाने र दूध पिउने ।
– जाँड, रक्सी तथा चुरोट नपिउने ।
– विशेषगरी, पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने ।
– मोटरसाइकल/स्कुटर नचलाउने ।
– शारीरिक सम्पर्क नराख्ने ।
– चिकित्सकको सल्लाहविना जथाभावी औषधि नखाने र प्रयोग पनि नगर्ने ।

तपाईको प्रतिक्रिया