१ उर्वरता घट्दै जान्छ
महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जाने गरेको हो । कतिपय अवस्थामा स्वास्थ्य पनि खराब भएको हुन्छ ।
२ अपांगता
३५ वर्षभन्दा माथिको उमेरमा जन्माइएका बच्चामा समस्या देखिने सम्भावना उच्च रहन्छ । जस्तै, बच्चाको नाक थेप्चो हुने, लुलो–लंगडो र अपांगता हुने सम्भावना रहन्छ ।
३ वंशाणुगत रोग
आमा–बाबुमा लुकेर बसेका आनुवंशिक रोग लाग्ने सम्भावना बढी हुन्छ । जस्तै, डाउन सिन्ड्रोम, पेन्स सिन्ड्रोम आदि रोग लाग्ने हुन्छ । बढ्दो उमेरमा जन्मिएका बच्चामध्ये करिब एक प्रतिशतमा डाउन सेन्ड्रोम हुने हुन्छ । त्यस्तै, आमाको उमेर बढ्दै जाँदा जिम्मेवारीका कारणले हुने तनावले समेत बच्चाको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ ।
४ जन्माउनै गाह्रो
३०–३५ वर्षपछि महिलामा शक्ति घट्दै जान्छ । साथै, प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न पनि सक्दैनन् । अझ गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने वेला लामो समयसम्म पीडा हुने, जन्माउन नसक्नेजस्ता समस्या देखिन सक्छन् । त्यस्तै, उमेर बढ्दै जाँदा स्वाभाविक रूपमै महिलामा विभिन्न रोग देखा पर्ने सम्भावना हुन्छ । जसले बच्चामा पनि प्रत्यक्ष असर पार्छ ।
कति उमेर उचित ?
सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ । यद्यपि, बच्चा जन्माउनका लागि १८ वर्ष नपुग्दासम्म महिला परिपक्व भइसकेका हुँदैनन् । यसर्थ, २५ वर्ष बच्चा महिलालाई बच्चा जन्माउनका लागि उपयुक्त उमेर हो । यो क्रम ३० वर्षसम्म चलाउन सकिन्छ ।