शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – आइतवार एकाबिहानै भएको आगलागीमा परी जापानको निगाता र आओमोरीमा ७ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार निगातामा भएको आगलागीमा परी एउटै घरमा बस्दै आएका ४ जनाको मृत्यु भएका छ भने आओमोरीको हाचीनोहेमा ३ जनाको मृत्यू भएको हो ।

एकनासको हावाहुरी चलिरहेकोले निगातामा स्थानीय अग्नि नियन्त्रण विभागका अधिकारीहरुले शनिबारको मध्यरातमा आगलागीबाट बच्न अपिल गरेको केहीबेरमा सो घटना भएको थियो । ५६ वर्षिय सातोशी मियाशिता लगायत अन्य ४ जना बस्दै आएको सो घरमा आगलागी परी घाइते भएका १९ वर्षिय चुमुगी मियाशितालाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी आओमोरीको हाचीनोहेस्थित ४ जनाको परिवार बस्दै आएको तीन तले घरमा भएको आगालागीमा परी ७१ वर्षिय यासुओमी कुराता, उनका ६९ वर्षिय बहिनी केइको र ९४ वर्षिय उनका आमा फुमिय कुराताको ज्यान गएको हो । ६३ वर्षिय उनका भाइलाई भने अस्पतालमा भर्ना गरिएको छ । पाको उमेरसम्म एकै परिवारमा संगै मिलेर बस्ने प्रचलन जापानमा यदाकदा अझै पाईन्छ ।***

तपाईको प्रतिक्रिया