शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

 

काठमाडौं – लोक गायक बिमलराज क्षेत्रीको नयाँ गित ‘बुट्टे रुमाल’ रिलिज भएको छ । शुक्रवार साँझ रिलिज भएको गितलाई निकै चासो र चर्चाकोे रुपमा हेरिएको छ । गितले छोटो समयमै चर्चा बटुलेको छ ।

गायक बिमलराज क्षेत्रीको जादुमय स्वरमा सजिएको गितमा सुगम संगीतकी चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छन् । नेपाली साँगितिक क्षेत्रमा क्रियाशिल चर्चित सर्जक एकनारायण भण्डारीको शब्द संगितमा गित बजारमा आएको हो ।

सितारा म्युजिक प्रा.लिवाट बजारमा आएको गितले साँगितिक क्षेत्रमा सफलता प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ । गायक बिमलराज क्षेत्री र सर्जक एक नारायण भण्डारीको एक दशक पछि भएको सहकार्यले पनि साँगितिक क्षेत्रमा निकै चासोको रुपमा हेरिएको छ ।

यसअघि कलाकार क्षेत्री र सर्जक भण्डारीले सुपारी चाम्रो बालेको गित बजारमा ल्याएका थिए । यो गित निकै भाईरल बनेको थियो । सुपारी चाम्रो बोलको गित अहिलेसम्म पनि श्रोता दर्शकको मुखमा झुण्डिएको छ ।

नेपाली साँगितिक क्षेत्रमा फेरी क्षेत्री र भण्डारीको सहकार्यले लोकगित संगितमा फेरी नयाँ आयाम थप्ने जानकारहरु बताउँछन् । यो गीत सुपारी चाम्रो भन्दा पनी राम्रो बनेको प्रतिक्रिया आउन थालेको छ ।

हिजो मात्र बजारमा आएको गीत सुपारी चाम्रो जत्तीको हिट होला की नहोला भन्ने धेरैलाई लागेको छ । गितलाई सुपारी चाम्रो–२ नाम दिईएको छ । गितको म्युजिक भिडियो पनि लोभ लाग्दो बनेको छ ।

गितमा चर्चित नायिक प्रियंका कार्की र गम्भीर बिष्टको अभिनय रहेको छ । पछिल्ला समय लोक गीतहरुले राखेको रेकर्डहरु यो गीतले ब्रेक गर्न सकोस समुद्रपारी डटकमको तर्फबाट शुभकामना ।

तपाईको प्रतिक्रिया