Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिकित्ता १०० मा खरीद गरेको शेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै शेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ । बजारमा समेत शेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ । स्टकमा पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सूचीकृत भएर कारोवार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन् ।

ती कम्पनीमध्ये एकाधको मात्रै प्रतिकित्ता २०० भन्दामाथि छ । स्टकको कारोवारका आधारमा हेर्दा आँखु खोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता ८५ मा कारोवार भएको छ । यस्तै वरुण हाइड्रो पावर कम्पनीको शेयर प्रतिकित्ता १०३ मा खरीद बिक्री भएको छ । त्यस्तै अवस्थामा अरुण भ्याली हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता १०४ मा खरीद बिक्री भएको छ । बिहीबारको कारोवारको आधारमा छ्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर आधरभूत मूल्यभन्दा तल घटेर ९८ मा झरेको छ ।

यस्तै दिव्येश्वरी हाइड्रो पावर कम्पनीको शेयर ९८ मा कारोवार भएको छ भने कालिका पावर कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल झरेर ९५ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल रहेका जलविद्युत् कम्पनीमा खानीखोला हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ९४ मा कारोवार भएको छ । यस्तै लगातार ओरालो लागेका नेशनल हाइड्रो पावर कम्पनीको शेयर ६७ मा कारोवार भएको छ । यस्तै रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर ९९ मा कारोवार हुँदा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले पनि आफूले खरीद गरेको प्रति शेयरमा रु चारले घाटा लागेको छ । सो कम्पनीको शेयर ९६ मा खरीद बिक्री भएको छ ।

यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीलेसमेत प्रतिकित्ता पाँचले गुमाएका छन् । सो कम्पनीको शेयर प्रतिकित्ता ९५ मा कारोवार भएको छ । कुनै समय आकर्षक कम्पनीका रुपमा रहेको अपि पावर कम्पनी शेयरसमेत निरन्तर ओरालो लागेर प्रतिकित्ता १४१ मा सीमित भएको छ । बजार घट्दा अरुण काबेली पावर कम्पनीको १८७ मा कारोवार भएको छ । ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत बिहीबार ३६० मा खरीद बिक्री भएको छ ।

नेपालको धितोपत्र बजारमा कुनै समय सबैभन्दा बढी आकर्षक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसमेत बजार घट्दा मर्कामा परेको छ । सो कम्पनीको शेयर ५२४ मा खरीद बिक्री भएको छ । लगातार बजार घट्दा त्यसको सबैभन्दा बढी मारमा लगानीकर्ता परेका छन् । स्टकका अनुसार हिमालयन पावर पार्टनर लिमिटेड १८७, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २२०, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड १३३, ङादी ग्रुप पावर लिमिटेड १२८, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड १०७, राधी विद्युत् कम्पनी १६४, सानिमा माई हाइड्रो पावर कम्पनी २२९, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका शेयर दोस्रो बजारमा प्रतिकित्ता ११६ मा खरीद बिक्री भएको छ ।

यस्तै बजार पूँजीकरणमा समेत उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरसमेत ओरालो लागेर प्रतिकित्ता २५८ मा कारोवार भएको छ । शेयर सङ्ख्यामा आधारमा बढी शेयर भएको सो कम्पनीको शेयरसमेत एकाध साता बढे पनि पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ । धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको शेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गर्नुहुन्छ । लागत बढी भएका, प्रतिफल दिन नसक्ने कम्पनीप्रति क्रमशः लगानीकर्ता समेत नकारात्मक बन्दै गएको उल्लेख गर्दै उहाँले नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको उहाँको भनाइ छ ।

चिलिमे, बुटवल पावर कम्पनी जस्ता एकाध कम्पनीले मात्रै शेयर लगानीकर्तालाई प्रतिफल दिने गरेका छन् । तर अधिकांश कम्पनीले लगानीकर्तालाई कुनै नाफा दिन नसकेको, बजारसमेत ओरालो लाग्दा त्यसबाट लगानीकर्ता प्रभावित भएको तिवारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया