Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ । कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

यस आर्थिक वर्षको बजेटमा उल्लेख भए बमोजिम सरकारले स्वदेशमै विभिन्न उत्पादनमूलक काम गर्ने युवाहरुलाई लक्षित गर्दै ५ र ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरेको छ । शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास परियोजना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, कृषि तथा पशुपन्छी कर्जा योजना जारी भएका छन् । यीमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत तथा अन्यमा ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्न सकिन्छ ।

जुनसुकै व्यवसाय गर्न चाहनेले आफ्नो नजिक रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत सहुलियत व्याजदरको ऋण प्राप्त गर्न सक्नेछन् । यसका लागि बैंकले नै फारम दिनेछ । सो फारमसँगै आफूले गर्ने कामको विस्तृत परियोजनाको विवरण भरेर आवेदन दिन सकिनेछ । यसका लागि आफ्नो कम्पनी भने दर्ता हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया