Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

दाद के हो ?

दाद छालामा आउने एक प्रकारको समस्या हो । चिकित्सकीय भाषामा दादलाई एग्जिमा भनिन्छ । दाद आएपछि छाला बाक्लो हुने, फुस्रिने, चिलाउने र फोका उठ्ने हुन्छ । साथै, छाला निस्कने, कालो हुने, कत्ला निस्कने र कन्याउँदा घाउ भई संक्रमण हुने हुन्छ । आममानिसले छालामा आउने सबैखाले एलर्जीलाई दाद भन्ने गर्छन् । यद्यपि, ती सबै दाद होइनन् ।

किसिम

दाद शरीरमा हुने प्रतिक्रिया हो, जो भित्री र बाहिरी गरी दुई कारणले हुने गर्छ । ती हुन्, फन्गल इन्फेक्सन (ढुसी संक्रमण) र नर्मल एग्जिमा (सामान्य दाद) ।

१ . फन्गल इन्फेक्सन

औँलाको बीच भाग, काखी, कपाल, महिलामा स्तनमुनि वा अप्ठ्यारो अंगमा फन्गल इन्फेक्सन देखा पर्ने गर्छ । फन्गल जीवाणुले जीवितसँगै अजीव वस्तुलाई समेत संक्रमण गरेर नष्ट बनाइदिन्छ ।

२ . नर्मल एग्जिमा

छाला चिलाउने र फोका उठ्ने दाद नर्मल एग्जिमाभित्र पर्छ । यसलाई तीन उपभागमा बाँडिएको छ– एप्टिट्युड, सब एप्टिट्युड र क्रोनिक । एप्टिट्युड दादको पहिलो चरण हो । यो हुँदा छाला चिलाउने र फुस्रो हुने गर्छ । त्यस्तै, सब एप्टिट्युडमा दाद आएको ठाउँमा पाप्रा बस्ने, फोका उठ्ने हुन्छ । त्यसैगरी, क्रोनिकमा आइपुग्दा दाग बस्ने, कत्ला निस्कने र घाउमा संक्रमण हुने हुन्छ ।

कारण

– दाद विभिन्न पदार्थको सम्पर्कबाट हुन्छ । मानिसको जिनमा हुने समस्या तथा एलर्जिक अवस्थाका कारण छालामा यस्तो समस्या देखा पर्छ । शरीरमा हुने रसायन परिवर्तन हुँदा विभिन्न दाद निस्किन्छन् । ती एटोपिक डर्माटाइटिस, स्कोरिक, न्युमुलर र स्टासिस
एग्जिमा हुन् ।

– बाहिरी वातारणमा रहेका विभिन्न पदार्थ जस्तै– केही धातु, कपालमा लगाउने रङ, सिमेन्ट, फूलमा हुने रसायन आदिको सम्पर्कमा आउँदा दादको समस्या देखिन्छ ।

– तनावका कारणसमेत दाद आउने गर्छ । अत्यधिक तनावले जिनमा प्रभाव पार्नुका साथै छालामा अनावश्यक फोका
आउने हुन्छ ।

– विशेषगरी छुँदा, कन्याउँदा एक ठाउँबाट अर्को ठाउँमा फैलने गर्छ । त्यस्तै, एक–अर्काले प्रयोग गरेका तौलिया, साबुन, फोन, रिमोटजस्ता वस्तुको सम्पर्कबाट पनि सर्ने सम्भावना रहन्छ ।

– दाद सबै उमेर समूहका मानिसमा देखा पर्छ । विशेषगरी, दुई वर्षमुनिका बच्चा यसबाट बढी पीडित भएको पाइन्छ । बच्चाको छाला अति संवेदनशील हन्छ । यसर्थ, बाहिरी पदार्थको सम्पर्कमा आउँदा दाद आउने गर्छ ।

बच्ने तरिका

– छालामा असर पार्ने पदार्थबाट टाढा रहनुपर्छ । त्यस्तै, सरसफाइमा विशेष ध्यान दिने, तेल र मोस्चराइजरको प्रयोग गरी छाला सधैँ नरम राख्ने गर्नुपर्छ ।

– छालामा एलर्जी हुनबाट बचाउन सकेसम्म सुतीको कपडा प्रयोग गर्नु उचित हुन्छ । उलन, कार्पेटजस्ता वस्तु छालाको सीधै सम्पर्कमा आउने गरी प्रयोग गर्नु हुँदैन ।

– बन्द कोठामा बस्दासमेत दादको समस्या देखिने भएकाले कोठा खुला राख्नुपर्छ । त्यस्तै, कडा साबुन र मर्करीयुक्त वस्तुको प्रयोग गर्नु हुँदैन । बच्चालाई प्राकृतिक वातावरणमा मात्र खेल्न दिने गर्दा दादको जोखिमबाट बच्न सकिन्छ ।

उपचार

– दादका कारण छालामा घाउ भई संक्रमणको उच्च जोखिम हुने भएकाले यसको छिटो उपचार गर्न आवश्यक हुन्छ ।

– दाद फैलन नदिन चिकित्सकको सल्लाहमा छाला नचिलाउने औषधि प्रयोग गर्न सकिन्छ । एन्टिस्टामिन, एन्टिएलर्जिक मलम, लोसन, क्रिमजस्ता औषधि अवस्था हेरी लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया