शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं –  बलिउड फिल्म अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मंगलबार निधन भएको छ । उनी ९९ वर्षकी थिइन् । उनको निधनमा शोकाकुल पाटेकर परिवारलाई ढाढस दिनका लागि फिल्म इन्डष्ट्रिका मानिसहरु पनि पुगे ।

मंगलबार अबेर राती निर्मला पाटेकरको अन्तिम संस्कार मुम्बईको ओशिवारा श्मसान गृहमा भयो ।

नानाका पिता ‘टेक्सटाइल प्रिन्टिङ’ को व्यापार गर्दथे र मुम्बईमा बस्दथे जबकी नाना आफ्नी आमासँग मुराडमा बस्दथे । नानाका सात दाजुभाइ थिए तर पाँचजनाको बाल्यवस्थामा नै मृत्यु भयो । नाना र उनका दाजुमात्रै बाँकी भए ।

नानाकी आमाको बढ्दो उमेरसँग स्मरणशक्ति गुमेको थियो । आमाको निधन हुँदा नाना घरमा थिएनन् उनलाई अन्तिम संस्कारका लागि फोन गरेर बोलाइएको थियो ।

नानाले केही समय अघि फिल्म हाउसफूल–४ छोड्नुपरेको थियो किनभने तनुश्री दत्ताले उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया