Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं –  जाडो मौसममा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । यसरी नसा साँघुरिँदा रक्तसञ्चारका लागि धमनीमा मुटुले बढी बल गर्नुपर्ने हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसले गर्दा रक्तचाप (ब्लडप्रेसर) बढ्न जान्छ । त्यस्तै, जाडोमा शरीरबाट कम पसिना आउने भएकाले समेत ब्लडप्रेसर बढ्छ । यसकारण जाडोमा रक्तचाप नियन्त्रण गर्न निम्न उपाय अपनाउन सकिन्छ :

सन्तुलित आहार नियमित सेवन गर्ने । खानामा गेडागुडी, गहुँको रोटी, टुसा उम्रेको अन्न, माछा, फलफूलको जुस, अमला, हरियो सागपात खान सकिन्छ ।

अत्यधिक नुनिलो, पिरो, चिल्लो, अमिलो खानेकुरा नखाने । फास्टफुड, रातो मासु, निकोटिनजन्य वस्तु, बट्टामा बन्द गरिएका खानेकुरा सेवन गर्नु हुँदैन ।

नियमित शारीरिक व्यायाम गर्ने गर्नुपर्छ । जसले शरीरमा ताप उत्पन्न गराओस् । यो घरभित्रै पनि गर्न सकिन्छ ।

पानीको कमीका कारण मिर्गौलालाई काम गर्न गाह्रो हुँदा रक्तचाप बढ्छ । तसर्थ, प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न लसुन खानु प्रभावकारी हुन्छ । लसुनको केस्रा मनतातो पानीसँग दैनिक खाने गरेमा रक्तचाप नियन्त्रण स्वतः हुन्छ ।

टाउकोलाई सकभर चिसोबाट जोगाउने, सधैँ न्यानो लुगा लगाउने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया