बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं  – गायिका राधिका विष्टले ‘रेलिमाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ। अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट सङ्गीतमा सक्रिय छिन्।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन्। भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन्।

उक्त गीत गायिका विष्टको गाउने धुन २ एल्बममा समावेश रहेको छ।

तपाईको प्रतिक्रिया