Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – रफ्तारमा रहेको जिन्दगीमा हरेक काम फटाफट हुनुपर्छ । भनेपछि खानपानमा किन ढिलाइ ?  फलफूल खाएर समय किन खेर फाल्नु ? फलको जुस निकाल्यो, खायो अनि हिँड्यो कामतिर । समय पनि जोगिन्छ, स्वास्थ्य पनि राम्रो ।

साँच्चै ? के फलफूलको रस निकालेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ त ? अहिलेका कामकाजी मान्छेहरुसँग समय नभएकाले फलफूलको रस पिउने चलन छ । फलफूल चपाएर खाने समय कहाँ र ? बिहानै जुस बुत्यायो कामतिर कुद्यो । स्वास्थ्यको चिन्ता पनि दूर भयो ।  धेरैको बुझाइ छ कि जु शरीरमा रहेका बिकार निकाल्न सहयोग गर्छ । यसैको फाइदा फलको जुसको कारोबार गर्नेहरु उठाइरहेका छन् । सन् २०१६ मात्रै फलफूलको जुसको कारोबार एक सय ५४ अर्ब डलर बराबर भये । यो वर्षेनी बढिरहेको छ ।

चिनीको प्राकृतिक स्रोत फलफूल नै हुन् । जुन हरेक फलमा बढी वा घटी पाइन्छ नै । यदि सन्तुलित रुपमा लिएमा यसलाई हानिकारक मानिदैन । जब हामी फल खान्छौ त यसमा रहेको फ्रक्टोजका साथै फाइबर पनि शरीरमा पुग्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय लाग्छ ।   तर जब हामी जुस लिन्छौं,  त्यतिबेला फाइबर छुटिन्छ र फ्रक्टोज र केही भिटामिन मात्रै शरीरमा जान्छन् । हामी फलको रस मात्रै लिन्छौं भने द्रूत रुपमा फ्रक्टोज रगतमा मिल्छ । यसले रगतमा चिनिको मात्रै एक्कासी बढाउँछ । त्यसपछि अग्नाशयले इन्सुलिन नामक हर्मोन छाड्छ । जसले चिनिको मात्रा नियन्त्रण गर्छ ।

जब यस्ट्टव लगातर बढ्छ भने टाइ टू डायबिटिज हुने सम्भावना बढ्छ । सन् १९८६ देखि २००९ सम्म भएको एक रिसरचुले फलको जुस लिनुको सिधा असरका रुपमा टाइफ टू डायबिटिज भएको पाएका थिए। धेरै रिसर्चमा फलफूलको जुस धेरै पिउनु हानिकारक देखिएको छ । यसबाट मोटोपनको समस्या समेत देखिएको छ।  धेरैले जुस शरीरमा रहेको बिकार बाहिर निकाल्छ भनेर पनि पिउने गरेका छन् । जस्तै मदिरा, ड्रग वा यस्तै हानिकारक तत्व निकाल्न जुसको सहारा लिनेहरु पाइन्छन् ।

तर, त्यो सत्य होइन । यस्तो तत्व निकाल्ने कुरा जुसमा होइन, फलफूलमा पाइन्छ । जुन जुस निकाल्ने क्रममा खेर जान्छ । फलफूल खाँदा पेट अघाएको महशुस समेत हुने भएकाले कार्बोहाइड्रेटको मात्रा कम गर्न समेत सहयोग पुग्छ । त्यसैले जुस खान हतार गर्नु भन्दा स्वास्थ्यका लागि फुर्सद निकालेर फल खानु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया