Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं– मौसममा आएको बदलीका कारण आज काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमका अधिकांश भागमा वर्षा भएको छ ।  विशेषगरी देशको मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयाे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ । पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ । काठमाडौमा १० दशमलव १ मिलिमिटर पानी परेको छ । त्यस्तै सवैभन्दा कम पूर्वी जिल्ला ओखलढुङगामा ० दशमलव १ मिलिमिटिर पानी परेको छ ।

मध्य तथा पश्चिम क्षेत्रमा आज रातीसम्म नै पानी पर्ने र बुधबार मध्यरातीबाट विस्तारै पुर्व क्षेत्रमा मौसम सर्दै जानेछ ।  बिहीबार देशको मौसममा केही सुधार आउने भएपनि शुक्रबारबाट पश्चिमबाट अर्को बायु नेपाल प्रवेश गर्ने भएकाले पुन वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भागमा वर्षा भएपनि तापक्रममा भने खासै परिवर्तन नआएको विभागले जनाएको छ । मङ्गलबार पनि सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नुका साथै हिमपातसमेत भएको थियो ।

यसैबीच उपत्यकाकाे फूलचाेकी र चन्द्रागिरीमा हिँउ परेकाे छ ।

तपाईको प्रतिक्रिया