Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – बेसार बहुउपयोगी औषधीय गुण भएको खाद्यपदार्थ हो । यो नेपाली भान्साका लागि अत्यावश्यक मसला हो । विशेषगरी, यसले खानामा रङ र स्वाद प्रदान गर्छ ।

औषधीय गुण

-आयुर्वेदमा समेत बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ ।
-आजभोलि, चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व  आदि प्रचुर मात्रामा पाइन्छन् ।
– बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व  छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व  दिई उपयोग गरिन्छ ।

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ

– दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । त्यस्तै, महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।
– एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् ।
– मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।
– पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ ।
– मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।
– बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।
– बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, आजभोलि बेसारलाई सौन्दर्य प्रसोधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ ।
– मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

तपाईको प्रतिक्रिया