Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – जिम्बावेमा सरकारले इन्धनको मुल्य दुई गुणा बढाएको छ । यससँगै जिम्बावे पेट्रोल र डिजेलको मुल्य सबभन्दा महँगो हुने देश बनेको छ । इन्धनको मुल्य बढाएसँगै जिम्बावेका ठूला सहरहरुमा व्यापक रुपमा विरोध प्रदर्शन भइरहेको छ ।

सरकारले भने इन्धनको अभाव कम गर्न र यसको अवैध कारोबार रोक्न लागि मुल्य बढाइएको दाबी गरेको छ । जिम्बावेमा पेट्रोलको मुल्य प्रतिलिटर १.२४ डलर बाट बढेर ३.३१ डलर र डिजेल प्रतिलिटर १.३६ डदरबाट बढेर ३.११ डलर पुगेको छ । इन्धनको मुल्य वृद्धि लगत्तै राष्ट्रपति एमसर्न मनङ्गाग्वा यूरोप भ्रमणमा गएका छन् ।

२१ जनवरीदेखि २५ जनवरीसम्म दावोसमा आयोजना हुने वर्ल्ड इकोनोमिक फोरमको बैठकमा भाग लिन उनी त्यसतर्फ गएका हुन् । जिम्बावेमा इन्धनको मुल्य सरकारले निर्धारण गर्ने गरको छ ।

तपाईको प्रतिक्रिया