बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं – वर्ष २०१८ को नोभेम्बरमा अभिनेत्री दीपिका कादुकोणले उनका प्रेमी रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् ।

दीपिकाको विवाह पछि अब भने उनका पूर्वप्रेमीले पनि विवाह गर्न लागिरहेका छन् । दीपिका पादुकोणका पूर्व प्रेमी निहार पाण्डे हुन् ।

बलिउडमा करियर सुरु गर्नु अघि संघर्षरत दीपिका र निहार एकअर्कालाई डेट गरेका थिए । करिब १० वर्षअघि एक्टीङ्ग स्कुलमा दीपिका पादुकोण र निहार पाण्डेको भेट भएको थियो ।

त्यस पछि लामो समयसम्म प्रेमसम्बन्धमा रहे पनि त्यो सम्बन्ध अगाडि बढ्न सकेन । बलिउडमा दीपिका पादुकोण सफलताको शिखरमा पुग्न सफल भइन् तर निहार पाण्डेले त्यो सफलता हासिल गर्न सकेनन् ।

निहार पाण्डे अहिले अभिनेत्री कंगना रनाउतको फिल्म ‘मणीकर्णिका’ बाट बलिउड डेब्यू गरिरहेका छन् । निहारले बलिउडकी चर्चित गायिका नीति मोहनका साथ विवाह गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार निहार र नीतिको विवाह यही फेब्रुअरी महिनामा हुनेछ ।

निहार र नीतिले ४ वष देखि एकअर्कालाई डेट गरिरहेका भए पनि दुबैले आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा कहिल्यै स्विकार गरेनन् । यो जोडीले विवाहको कुरा समेत लुकाउन खोजेका थिए तर उनीहरुको यो योजना सफल हुन सकेन ।

तपाईको प्रतिक्रिया