बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

काठमाडौं – जनवरी ७ मा क्यालिफोर्नियाको ब्रेवरी हिल्समा ७६ औं गोल्डन ग्लोब अवार्डस् सम्पन्न भयो । यस महोत्सवमा सन् २०१८ मा प्रदर्शनमा आएका फिल्म र टेलिभिजन कार्यक्रममा उत्कृष्ट काम गरेका कालाकारहरुलाई सम्मानित गरियो ।

समारोहलाई स्याण्ड्रा ओह र एण्डी स्यामबर्गले प्रस्तुत गरेका थिए । स्याण्ड्राले किलिंग इवबाट टिभी अभिनेत्रीको विधामा आवार्ड पनि हात पारिन् ।

‘ग्रीन बुक’ ले ‘बेस्ट मोशन पिक्चर(उत्कृष्ट फिल्म)’ र ‘बेस्ट सपोर्टिङ एक्टर (उत्कृष्ट सहायक अभिनेता)’ सहित सबैभन्दा बढी तीन अवार्ड आफ्नो पोल्टोमा पार्न सफल भए । फिल्महरुमा ‘बोहेमियन रयापसोडी’ र ‘रोमा’ दुई दुई अवार्डका साथ दोस्रो स्थानमा रहे ।

‘अ स्टार इज बर्न’ मा प्रमुख भुमिका निमाएका लेडी गागा र ब्राडले कूपरले अवार्ड हात पार्ने अनुमानका बीच, फिल्मले ‘बेस्ट ओरिजिनल सङ (उत्कृष्ट मौलिक गीत)’ आवर्ड मात्र जित्न सक्यो ।

लाइफटाइम अचिवमेन्टको लागि अब क्यारोल बर्नेट आवार्ड

हलिउड उद्योगमा महत्वपूर्ण योगदान दिएबापत् दिइने सेसिल बी. आवर्ड यो वर्ष क्रेजी हर्टका अभिनेता जेफ ब्रिजेसलाई दिइयो ।

हलिउड फरेन प्रेस एसोसिएशनद्वारा गोल्डन ग्लोब अवार्डमा यो वर्षदेखि लाइफटाइम अचिवमेन्टको लागि क्यारोल बर्नेटको नाम जोडेको छ । हलिउड उद्योगमा क्यारोल बर्नेटले पुर्याएको योगदानको सम्मानको लागि यसो गरिएको हो । यो अवार्ड हरेक वर्ष दिइनेछ ।

पहिलो क्यारोल बर्नेट आवर्ड भने क्यारोल बर्नेट स्वयंमलाई प्रदान गरिएको छ ।

डिजिटल तत्वका साथ गोल्डेन ग्लोब आवर्डको नयाँ रुप

समारोहमा विजेतालाई दिइने अवार्डलाई यो पटक नयाँ रुप दिइएको थियो । नयाँ अवार्ड पहिलेभन्दा थोरै अग्लो र पातलो छ ।

यसमा अन्य डिजाइन पनि गरिएको छ । यसपटक यसमा प्रामाणिकताका लागि डिजिटल तत्व हालिएको छ जसमा अवार्ड विजेता, जितेको विधा र वर्षको जानकारी रहनेछ ।

विजेताहरुको पूर्ण सुची यस प्रकार छः

बेस्ट मोशन पिक्चर (ड्रामा)

बोहेमियन रयापसोडी

बेस्ट मोशन पिक्चर ( म्यूजिकल अर कमेडी )

ग्रीन बुक

बेस्ट डाइरेक्टर ( मोशन पिक्चर)

अल्फोन्सो क्यूरों (रोमा)

बेस्ट एक्टर (ड्रामा)

रमी मालेक (बोहमियन रैपसोडी)

बेस्ट एक्ट्रेस (ड्रामा)

ग्लेन क्लोज (द वाइफ)

बेस्ट एक्ट्रेस (यूजिकल अर कमेडी)

ओलिभिया कोलम्यान (द फेभरेट)

बेस्ट एक्टर ( म्यूजिकल अर कमेडी)

क्रिश्चियन बेल (वाइस)

बेस्ट मोशन पिक्चर (एनीमेटेड)

स्पाइडर म्यान : इन्टू द स्पाइडरभर्स

बेस्ट मोशन पिक्चर (फोरेन ल्याग्वीज)

रोमा (मेक्सिको)

बेस्ट एक्ट्रेस इन ए सपोर्टिंग रोल (मोशन पिक्चर)

रेजिना किंग (इफ बील स्ट्रीट कुल्ड टक)

बेस्ट एक्टर इन ए सपोर्टिंग रोल (मोशन पिक्चर)

महैरशाला अली (ग्रीन बुक)

बेस्ट स्क्रीनप्ले (मोशन पिक्चर)

ग्रीन बुक

बेस्ट ओरिजनल स्कोर (मोशन पिक्चर)

जस्टिन हर्विट्ज (फस्र्ट म्यान)

बेस्ट ओरिजनल सङ (मोशन पिक्चर)

श्यालो (अ स्टार इज बोर्न)

त्यस्तै, टेलिभिजन तर्फका विधाहरुमा निम्न विजेता रहे ।

बेस्ट टेलीभिजन सीरीज (ड्रामा)

द अमेरिकन्स

बेस्ट टेलीभिजन सीरीज (म्यूजिकल अर कमेडी )

द कोमिन्स्की मेथड

बेस्ट टेलीविजन सीरीज लिमिटेड सीरीज अर मोशन पिक्चर मेड फर टीवी

द असिनेशन अफ जियानी वर्सेस

बेस्ट एक्ट्रेस इन ए टेलीविजन सीरीज (ड्रामा)

स्याण्ड्रा ओह (किलिंग ईव)

बेस्ट एक्टर इन ए टेलीभिजन सीरीज (ड्रामा)

रिचर्ड मैडन (बडीगार्ड)

बेस्ट एक्ट्रेस इन ए टेलीविजन सीरीज (म्यूजिकल अर कमेडी)

रेचल ब्रोस्नहां (द मार्वलस मिसेज मैसल)

बेस्ट एक्टर इन ए टेलीविजन सीरीज (म्यूजिकल अर कमेडी)

माइकल डगलस (द कोमिनस्कय मेथड)

बेस्ट एक्ट्रेस इन ए लिमिटेड सीरीज अर मोशन पिक्चर मेड फर टीवी

पैट्रिशिया आर्क्वैट (एस्केप फ्रम डैनेमोरा)

बेस्ट एक्टर इन ए लिमिटेड सीरीज अर मोशन पिक्चर मेड फर टीवी

डेरेन क्रिस (द अस्यासिनेशन अफ जियानी वर्सेस)

बेस्ट एक्ट्रेस इन ए सपोर्टिंग रोल इन ए सीरीज, लिमिटेड सीरीज अर मोशन पिक्चर मेड फर टीवी

प्याट्रिशिया क्लार्कसन (शार्प अब्जेक्ट्स)

बेस्ट एक्टर इन ए सपोर्टिङ रोल इन ए सीरीज, लिमिटेड सीरीज अर मोशन पिक्चर मेड फर टीवी

बेन वीश (अ भेरी इंग्लिश स्क्याण्डल)

तपाईको प्रतिक्रिया