बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – नयाँ वर्षको विदा मनाएर घर फर्कने यात्रुहरुका चापका कारण विहीबार दिनभर टोकियो नजिकमा रहेका नारिता अन्तर्राष्ट्रिय विमानस्थल र हानेडा विमानस्थल ब्यस्त रहेको समाचार छ ।

विदेश तथा स्वदेशकै विभिन्न भागमा घुम्न गई फर्कने जापानी यात्रुहरुको चापका कारण नारिता तथा हानेदा विमानस्थल दिनभर ब्यस्त रहेको हो ।
विमानस्थलका साथै द्रुतगतिमा चल्ने रेल शिन्कानसेन पनि दिनभर यात्रुहरुको चाप उच्च रहेको अधिकारीहरुले जनाएका छन् ।

क्योदो न्यूजका अनुसार नयाँ वर्षको लामो विदामा विदेश घुम्न जाने जापानीहरुको संख्या वर्षेनी बढ्दो छ । आन्तरिक यात्रामा निस्कनेहरु एक सहरबाट अर्को सहर जाने तथा पुर्ख्यौली थातथलो पुग्ने जापानीहरुको प्रचलन छ । विशेष गरी राजधानी टोकियोबाट बाहिरका सहरमा जाने र बाहिरबाट टोकियो आउनेहरु आ-आफ्नो गन्तब्यमा फर्कने यात्रुहरुको चापका कारण बिहीबार बिहानैदेखि नारिता र हानेडा विमानस्थलमा भिड लागेको बताईएको छ ।

अधिकारीहरुका अनुसार यो क्रम आइतवारसम्म जारी रहने बताइएको छ । यात्रुहरुको चापका कारण शिन्कान्सेनका साथै लामोदूरीमा चल्ने राजमार्गमा पनि ट्रापिक जाम हुन पुगेको जनाईएको छ । सेन्ट्रल निप्पोन एक्सप्रेस-वेका अनुसार राजधानीसंग जोड्ने सबै राजमार्गमा यात्रुको चाप उच्च रहेकोले जाम हुन पुगेको हो ।***

तपाईको प्रतिक्रिया