बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – मालिका समाज बाग्लुङ जापानको अध्यक्षमा पुनः गुरुप्रसाद सापकोटा चयन हुनुभएको छ । टोकियोमा सम्पन्न दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा ओमप्रसाद सापकोटा, बिनोद सापकोटा, कृष्णप्रसाद सापकोटा, दलबहादुर कुँवर र नन्दु सापकोटा रहनु भएको छ । सचिवमा बिष्णु सापकोटा, सहसचिवमा जीवन सापकोटा, कोषाध्यक्षमा ऋषिराम सापकोटा र सहकोषाध्यक्षमा देबेन्द्र सापकोटा मनोनित हुनुभयो ।

समितिको सदस्यहरुमा क्रमशः देबिलाल सापकोटा, शेरबहादुर केसी, दिपेन्द्र सापकोटा, गोपाल केसी, सम्झना सापकोटा, तुल्सीदेवि सापकोटा, ठाकुर सापकोटा, राम्जी सापकोटा, रामु सापकोटा, हिमाल केसी, ठाकुरप्रसाद सापकोटा, रेशमबहादुर सापकोटा, पदम रेग्मी, भावना गौडेल सापकोटा, डण्डपाणि सापकोटा, झपेन्द्र सापकोटा, ऋषिराम रेग्मी, धनिराम सापकोटा र रोशन सापकोटा (रामु) चयन हुनुभएको छ । सल्लाहकार ताराप्रसाद सापकोटा र संरक्षक नारायणदाश सापकोटाको निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

सो क्रममा जापान भ्रमणमा रहनुभएका मालिकाका समाजसेवी चन्द्रप्रसाद सापकोटा तथा उहाँकी धर्मपत्नी नन्दकली सापकोटालाई सम्मान तथा अभिनन्दन समेत गरेको थियो । साथै संस्थाको आजीवन सदस्यता लिएका ५० जनालाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।

अधिवेशनबाट कोषाध्यक्ष ऋषिराम सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक तथा कार्य प्रगति विवरण सर्वसम्मत पारित भएको थियो । साथै सोही क्रममा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो । गुरुप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन बिष्णु सापकोटाले गर्नुभएको हो । ***

तपाईको प्रतिक्रिया