आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – चर्चित गायिका मेलिना राई र लोकदोहोरी गायक राजन कार्कीको स्वरमा रहेको ‘पान खायो मायाले’ बोलको गीत युट्युबको ट्रेन्डिङ नम्बर ३८ मा परेको छ ।

बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक भएको गीतले यो समाचार तयार पार्दासम्म १ लाख ३० हजार भन्दा बढीले हेरिसकेका छन् । गोरखा चौतारी म्युजिकले बजारमा ल्याएको गीतको शब्द शर्मिला तामाङले लेखेकी हुन् भने लय सागर लामाले तयार पारेका छन् ।

शंकर बिसीद्धारा निर्देशित भिडियोमा शंकरलाई अञ्जली अधिकारीले नृत्यमा साथ दिएकी छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको सम्पादनमा भिडियो तयार भएको हो ।

khttps://www.youtube.com/watch?v=S6rAwkk6G2k

तपाईको प्रतिक्रिया