काठमाडौं – ‘छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५’ हुने भएको छ । यहि मंसिर २९ गते हुने अवार्ड मनोनयनमा परेका उत्कृष्ट पाँच भित्रका प्रतिस्पर्धीबाट छ्नोट गरि बितरण गरिने छ ।
अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित बिगत ५ बर्ष देखि प्रत्येक बर्ष राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौले यस वर्ष पनि गर्दैछ ।
मंसिर १७ गते सोमबारका दिन विभिन्न मिडियाका पत्रकार समेलन गरि अवार्डको बारेमा छलफल गरिएको थियो । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा भएको यस कार्यक्रममा केन्द्रिय महिला सचिव राधिका हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्य अतिथिहरुमा सुजन लम्साल, माधब थापा, प्रकाश सपुत, तिलक परियार, उत्तम सुबेदी लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । प्रत्येक बर्ष लोक संगीत तर्फका एक अब्बल एबम् सक्रिय एक पत्रकारलाई सम्मान गर्दै आइरहेको र यो बर्ष पनि सम्मान गर्ने बताइएको छ ।
जसको छनोट कार्यको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितीले गर्ने जनाईएको छ। छैठौं पृथ्बी राष्ट्रिय लाके दोहोरी २०७५ मा हाल बिभिन्न २५ वटा बिधा र अन्य बिधा गरि जम्मा ३२ वटा बिधामा अवार्ड बितरण गरिने अध्यक्ष पिएन सापकोटाले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी केन्द्रीय महिला सचीव राधिका हमालले अवार्ड कार्यक्रम सफल बनाउन म्युजिक बैंक स्टुडियोको तर्फबाट रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।